सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वभरमा रहेको कैयौ जेलको बारेमा तपाईले सुन्नु भएको त होला नै जहाँ कैदीहरुलाई धेरै अमानविय ब्यवहार गरीन्छ, उनीहरुलाई थर्ड डिग्रि टर्चर समेत दिइन्छ । तर आज हामी तपाईलाई जुन जेलको बारेमा बताउन गईरहेका छौ, जसलाई विश्वको सबैभन्दा खतरनाक जेलको रुपमा लिइन्छ । यो जेलमा हरेक समय कैदिहरुको जीवन खतरामा हुन्छ ।
जेलको नाम गीतारामा सेन्ट्रल जेल हो र यो अफ्रिकी देश रुवान्डामा छ । भनिन्छ कि यो जेलमा सुरक्षाकर्मि कैदिहरुलाई नोक्सान पुर्याउदैनन् तर कैदी नै एक–अर्कालाई मार्छन र उनीहरुको लाशलाई समेत खान्छन् ।
मिडिया रिपोर्ट अनुसार, यो जेल ६०० कैदिहरुलाई राख्ने क्षमताको छ, तर यहाँ ७,००० भन्दा बढि कैदिहरुलाई राखिएको छ ।
भनिन्छ कि यो जेलमा कैदीहरुलाई राख्ने ठाउँ यति कम छ कि उनीहरु दिनरात उभिएरै बिताउछन् । यही कारण छ कि यहाँ कैदि चाडै नै कुनै न कुनै बीमारीको चपेटामा आउछन् र उनीहरुको मुत्यु हुन्छ ।
मिडियामा आएको खबर मान्ने हो भने यो जेलमा हरेक दिन करीब ८ जनाको मुत्यु कुनै न कुनै बीमारीको कारण हुन्छ । कैयौ मानव अधिकार संगठन समय–समयमा यो जेलको प्रशासनिक ब्यवस्थामाथि सवाल पनि उठाइरहेका हुन्छन्, तर यसको अलावा पनि कैदिहरुको जिवनस्तरमा कुनै पनि सुधार आएको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा