सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, मंसिर १४ । जापानी कम्पनीले नेपाली आईटी ईन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापान काम गर्ने अवसर दिने भएको छ ।
जापानस्थित ह्युमन रिसोसिया कम्पनी लिमिटेडले त्यसका लागि नेपालका तीन वटा ईन्जिनियरिङको पढाई हुने कलेजहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, नेम कलेज काठमाडौं नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायणसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
कम्पनीका उपाध्यक्ष नाओकी इरेले नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा हालै समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालका तीनओटा कलेजसँग समझदारी भएको जनाउँदै उपाध्यक्ष इरेलले सन् २०२१ को मार्च सम्ममा एक हजार नेपाली आईटी ईन्जिनियरलाई रोजगारी दिने योजना रहेको बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा