सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कार्तिक ३ । पूर्वमन्त्री एवं सांसद भीमसेनदास प्रधानले नारी शक्तिलाई दया, करुणा र प्रेमजस्ता दैवी गुणहरूभएकाले मातृशक्तिका रुपमा पूजा गरिने चलन रहेकाे बताए।
बडादशैँको उपलक्ष्यमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रले आयोजना गरेको शुभकामना आदानप्रदान, नवदुर्गाभवानीको चैतन्य झाँकी अनावरण तथा विजयादशमी टीका ग्रहण कार्यक्रमको शुक्रबार यहाँ उद्घाटन गर्दै उनले दया, करुणा र प्रेमले भरिपूर्ण ममतामयी माताले कहिले पनि पशुबली ग्रहण गर्दैन त्यसैले पशुपक्षी बली प्रथाको अन्त्य गरिनुपर्नेमा जोड दिएका हुन्।
ब्रह्माकुमारी संस्थाले श्रीराम, श्रीकृष्ण र बुद्ध प्रवृत्तिलाई आत्मसात् गरी महिषासुर, दुर्योधन तथा रावण प्रवृत्तिको अन्त्य गर्ने महाअभियान चलाएको चर्चा गर्दै उनले सबै नेपालीलाई दशैँ, दीपावली, नेपाल संवत् र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरे।
ब्रह्मकुमारी राजयोग सेवा केनद्र नेपालका निर्देशक राजयोगिनी राज दिदीले दशैँको अवसरमा सबै नेपालीको आध्यात्मिक भौतिक उन्नति, समृद्धि, सुस्वास्थ्यको कामनाका गर्दै परमात्मा पिताको स्मृतिबाट प्राप्त ऊर्जाले मनोविकार रुपी राक्षसहरुमाथि सहज विजय प्राप्त गर्न सकिन्छ, अनि मात्र समाजमा दिगो सुख र शान्ति प्राप्त हुने विश्वास व्यक्त गरे।
पूर्वमन्त्री केशवलाल श्रेष्ठ, ब्रह्माकुमार रामसिंह ऐर, तिलकबहादुर शाही र किशोर मल्ललगायतले दशैँ र राजयोग सेवाकेन्द्रको विविध पक्षमाथि प्रकाश पारे।कार्यक्रममा नवदुर्गा भवानीको चैतन्य झाँकी, भगवती स्तुति, नृत्य प्रस्तुत तथा बडादशैँ पर्वको महत्व विषयक नाटकसमेत प्रस्तुत गरिएको थियो। यसैगरी सो संस्थाले केन्द्रीय कारागार, भद्र बन्दीगृह र महिला बन्दीगृहमा पनि सयौँ बन्दीलाई टीका तथा प्रसाद वितरण गर्याे। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा