सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज २३ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ अन्डर १८ महिला च्याम्पियनशिपमा उप–विजेता बनेको नेपाली टिमलाई जनही ५० हजार दिने घोषणा गरेको छ ।
मंगलबार एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले हालै भुटानमा सञ्चालन भएको साफ अन्डर १८ महिला टोलीलाई उक्त रकम दिने निर्णय गरेको हो ।
आइतबार फाइनलमा बंगलादेशसंग १–० ले पराजित भएको नेपाल भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दे फाइनलमा प्रवेश गरेको थियो ।
एन्फाले गभर्नर गोल्कप, सिक्किम भारतमा कार्तिक ६–१७ सम्म हुने खेलमा ए.पी.एफ र मनाङ मस्याङ्दी क्लबलाई सहभागी गराउने निर्णय समेत गरेको छ ।
एन्फाले हरी रायमाझीको संयोजकत्वमा ३ महिनाको लागी पेश्की फटौट समिति समेत गठन गरेको छ । समितिमा रविन्द्र जोशी र एक जना संयोजकले मनोनित गर्ने सिए रहनेछन् ।
समितिले पेश्कि देखिएका ब्यक्ति तथा संघसंस्थालाई ३५ दिनभित्र पेश्की पछ्यौटको लागी पत्राचार गर्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा