सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जुम्ला, साउन ३ । जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सरकारले आज जबरजस्ती काठमाडौँ ल्याउने तयारी गरेको छ । डा. केसीलाई काठमाडौं ल्याउन नेपालगन्जबाट सेनाको हेलिकप्टर जुम्ला पुगेसँगै अस्पताल परिसरलाई प्रहरीले घेराबन्दी गरेको छ । त्यहाँ सुरक्षाकर्मीको उपस्थिति समेत बढाइएको छ । बुधबार साँझ सत्तारुढ नेकपाको केन्द्रिय कमिटि बैठकले बिहीबार डा. केसीलाई जुम्लाबाट काठमाडौं लैजाने निर्णय गरेको हो।
यो मेरो पवित्रस्थल हो । चन्दननाथ बाबाको काखमा बसेर मैले सत्याग्रह गरेको छु । जबसम्म माग पूरा हुँदैन म यहीँ जुम्लामा बसेर सत्याग्रह जारी राख्नेछु । मेरो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार छैन । र गुन्डागर्दी चल्दैन । अहिलेको लडाईँ भनेको राज्य माफिया, डन र अधिनायकवाद पोस्नतिर लागेको छ । र जनताको हकविरुद्ध लागेको छ । त्यसविरुद्धको हो । हामी जनताको हक हितको लागि लडिरहेका छौं । माफिया, डन र अधिनायकवादको हार हुन्छ जनताको जित हुन्छ ।”
‘मेरो स्वास्थ्यप्रति सरकार चिन्तित र सम्वेदनशील छ भने मेरा मागहरु पूरा गर्नतर्फ लाग्नुपर्छ, मलाई अपहरण गरेर काठमाडाैं लैजाँदैछ। अपहरण गरेर हाम्रो अभियान तुहाउन खोजिरहेको छ,’ डा. केसीले भने, ‘माग पूरा गर अनसन तोड्छु।’
आफ्नो माग पुरा नभएसम्म कुनैपनि हालतमा काठमाडाैं नजाने डा. केसीले बताएका छन्। उनी आमरण अनसन बसेको २० दिन पुगेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा