सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
असार ३० । रसियामा जारी विश्वकपमा अब दुई खेल बाँकी छन्, फाइनल र तेस्रो स्थानका लागि। विश्वकपमा स्टेडियममा रहेका सुन्दरीहरूले दर्शकको ध्यान तानिरहेका छन्।
तर खेलको दौरान कामुक देखिने युवतीहरूको फोटो लिनमा बढी ध्यान केन्द्रित गरेको भन्दै क्यामेराम्यानहरूलाई यस्तो ग्यामर फोटो नखिच्न फिफाले आग्रह गरेको छ। फिफाले महिलामा बढी क्यामेरा फोकस गर्ने प्रसारकहरूलाई चेतावनीसमेत दिएको समाचार नेपाल समाचारपत्र दैनिकले छापेको छ।
‘खेलको दौरान हट महिला प्यानमाथि ज्यादै फोकस गरेका छन्। धेरै फोटो लिइरहेका छन्’, फिफाले भन्यो, ‘यस्तो गर्न हुँदैन।’ फिफाका अनुसार यसले लैंगिक विभेद पनि भएको छ। भेदभावको विरुद्ध काम गर्ने समूह फेयर नेटवर्कले पनि रुसमा लैंगिक भेदभाव ठूलो समस्या भएको बताएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा