सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फ्रान्स र उरुग्वेको विच शुक्रवार हुन गईरहेको विश्वकपको क्वार्टरफाइनल प्रतिस्पर्धाको गोलमिशन १९ बर्षका स्टार कायलियन एमबाप्पेको रफ्तार र उरुग्वेको रक्षापंक्तिको विच टक्करको रुपमा हेरीएको छ । यो मात्र होइन यो प्रतिस्पर्धामा एमबापे र लुइस सुआरेजको बिच गोल गर्ने होड प्रति पनि फ्यान हरुको नजर जम्ने देखिन्छ ।
उरुग्वेको असली तागत भनेको उसको चार खेलाडीको मजबुत डिफेन्स हो, जसलाई तोड्नु एमबापेको लागी ठुलो चुनौती हुनेछ । उरुग्वे अहिलेसम्म हरेक म्याचमा आफनो शाक्तिशाली डिफेन्सको मद्यतले जित्दै आइरहेको छ । फिटनेस समस्याबाट ग्रसित उरुग्वेका स्ट्राइकर एडिसन कवानी पीएसजीमा एमबापेसँग खेलीरहेका छन् ।
यसरी नै सुपरस्टार उरुग्वेका सुआरेज र फ्रान्सका डिफेन्डर स्यामुअल उमीटी बार्सिलोनाका लागी सँगै खेल्ने साथी हुन् । सुआरेज बक्सको सबैभन्दा खतरनाक खेलाडीहरुमा समावेश छन् । कप्तान डिएगो गोडिनको नेतृत्वमा जोस जिमेनेज, मार्तिन कासेरेस र डिएगो लक्साटले उरुग्वेको डिफेन्स सम्हाल्दा अहिलेसम्मको उत्कृष्ट बनेको छ भने यसको श्रेय गोलकिपर फर्नाडो मुसलेरो लाई पनि जान्छ ।
ग्रुप चरणमा उरुग्वेले एउटा गोल पनि खेरा फालेनन् । उसको विरुद्ध एकमात्र गोल पोर्चुगलका पेपेले अन्तिम–१६ मा गरेका थिए तर पनि टिमलाई जित दिलाउने भने सकेनन् । उरुग्वेको अलावा अहिलेसम्म ब्राजीलको टिम यस्तो छ जसले एक गोल खाएको छ । भने फ्रान्सले चार गोल खाइसकेको छ । दुबैले अहिलेसम्म ७÷७ गोल गरेका छन् । उरुग्वेको डिफेन्डर मिलेर ३५० अन्तराष्ट्रिय म्याचको अनुभव बटुलिसकेका छन जसको डिफेन्डरलाई तोड्न एमबापेको लागी त्यती सहज भने हुनेछैन, जति अर्जेन्टिनाको विरुद्ध थियो ।
फ्रान्सको आक्रमक खेलाडी एमबापे र एंटोनी ग्रीजम्यान हुनेछन् । पेरिस सेन्ट जर्मेनको स्ट्राइकर एमबापेले अर्जेन्टिना विरुद्ध अन्तिम–१६ मा पाएको जितमा दुई गोल गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा