सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकपमा टिमले हार ब्यहोेरेसँगै खेलाडीहरुले धमाधम सन्यास लिन थालेका छन् । स्पेनका आन्द्रेस इनिस्ता पछि अब जापानी फुटबलकका कप्तान माकोहो हसीबी र स्टार होंडा ले पनि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
जापानलाई सोमबार अन्तिम १६ मा संघर्षपुर्ण प्रतिस्पर्धामा बेल्जियमको हातबाट २–३ को हार मिलेको थियो ।
३४ बर्षिय मिडफिल्डर माकोतो ले आफनो इस्टाग्राम अकाउण्टमा लेखेका छन् कि “यो टुर्नामेन्टसँगै मैले आफनो राष्ट्रिय टिमसँग आफनो करियरको फुटबल खेलको अध्याय सकाउने निर्णय गरेको छु” । माकोतोको रुस विश्वकप तेस्रो विश्वकप थियो । यो भन्दा पहिला उनले २०१० र २०१४ मा पनि विश्वकपमा भाग लिएका थिए । उनले १०८ म्याचमा दुई गोल गरेका छन् । योसँगै अब जापानी टिममा ठुलै बदलि हुने आशा गरीएको छ ।
लगातार तीन विश्वकपमा गोल गर्ने पहिलो जापानी खेलाडी होंडाले पनि सन्यास लिएसँगै भने कि “अब अगील्लो पिढिलाई मौका दिने समय आइसकेको छ । जसले जापानी फुटबलको लागी नयाँ इतिहास बनाउनेछन्” ।
होंडाले जापानको लागी ९८ म्याचमा ३७ गोल गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा