सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अष्ट्रेलियाका डिफेन्डर जोश रिस्डनको फिफा विश्वकप खेल्ने सपना पुरा हुदैछ । यद्यपी, यसमा खेल्नको लागी उनले ठुलो त्याग गर्दे आफनो हनिमुन पनि छोडेका छन् । रिस्डनकी पत्नी इबोनीलाई पनि तारिफ गनुपर्ने हुन्छ, जसले आफनो पतिको सपना पुरा गर्न मद्यत गरीन र हनीमुनलाई स्थगीत गरीन ।
रुसमा जुन १४ बाट फिफा विश्वकपको शुरुवात हुन गईरहेको छ । रिस्डनले आफनो गर्लफ्रेन्ड इबोनीसँग २० मे मा विवाह गरेका थिए भने विवाह लगत्तै उनी राष्ट्रिय फुटबल क्याम्पमा अभ्यासको लागी निक्ले । यो समय रिस्डन आफनो टिमसँगै रुसमा विश्वकप खेल्नको लागी उपस्थित भएका छन् जबकी उनकी पत्नी इबोनी घरमै छिन र उनी पतिको उपलब्धिमा गर्व गर्छिन ।
इबोनीले आफनो सोशल मिडियामा लेखेकी छिन् “मैले धेरै बर्ष फुटबलको उतार–चढाव देखेकी छु , तर यी सबै भन्दा तपाई यो स्तर (फिफा विश्वकप) सम्म पुग्नुभयो । विश्वकप टिममा नाम समावेश हुनु धेरै ठुलो उपब्धि हो । तपाई यसको पुरै फाइदा लिनुहोस । तपाई यसको हकदार हो र मलाई तपाई माथि गर्व छ । म तपाईलाई धेरै माया गछु र तपाईलाई थाहा पनि छैन होला त्यो बेलादेखी तपाईको लागी सधै साथमा छु” ।
यता रिस्डनले भने “हनीमुन एक महत्वपुर्ण पल हुन्छ, तर यो समय विश्वकप मेरो लागी महत्वपुर्ण समय हो , मेरो पत्नीले पुरै मलाई समर्थन गरेकी छिन । हाम्रो विवाह हुने वित्तिकै म विश्वकपको तयारीको लागी राष्ट्रिय टिममा सहभागी भए । टर्नामेन्ट पछि हामी केही हप्ता साथ साथै विताउने छौ । म अहिले अत्यन्त खुशी छु” ।
अष्ट्रेलिया आफनो विश्वकपको अभियान १६ जुनमा फ्रान्स विरुद्ध गर्नेछ । यसपछि २१ जुनमा उसको भिडन्त डेनमार्क र फेरी २६ जुनमा पेरुसँग हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा