सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं
, वैशाख २३ । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६ औँ संस्करणको उपाधि जितेको हो ।
शनिवार राति दोस्रो स्थानको बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएपछि रियलले चार खेल अगाडि नै उपाधि पक्का गरेको हो । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३–० ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो ।
रियलले ३४ खेलबाट ८७ अंक जोडेको छ भने समान खेलबाट जिरोनाले ७४ अंक बनाएको छ । बार्सिलोना ७३ अंकसहित तेश्रो स्थानमा पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा