सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट, जेठ १२ । एकजना नेपाली व्यावसायीलाई नेपालबाट अपहरणशैलीमा भारतीय प्रहरीले गाडीमा कोचेर लैजान लागेको अवस्थामा गौर भन्सारबाट नेपाल प्रहरीले चार भारतीयलाई नियन्त्रणमा लिएको खबर आजको नागरिक दैनिकमा छापिएको छ।
समाचारका अनुसार भारतीय प्रहरीको गाडी अनुमति नै नलिई नेपाल पसेर एकजना नेपाली व्यावसायीलाई अपहरण शैलीमा लैजान लागेको बेला गौर भन्सारको सुरक्षा चेकजाँच प्वाइन्टमा चेकजाँच गर्ने क्रममा नेपाली व्यावसायी भेटिएपछि सोधपुछ गरिएको थियो। सो क्रममा भारतीय सुरक्षाकर्मीले पूर्व जानकारी नै नदिई भारततिर लैजान लागेको बताएपछि तीन भारतीय सुरक्षाकर्मी र एकजना भारतीय नागरिकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीको नियन्त्रणमा रहेको भारतीय प्रहरीमा एकजना दरोगा सुजीत कुमार र दुई जना प्रहरी जवान मिथलेश मिश्र तथा अछेवर खान रहेको रौतहट प्रहरीले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा