सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ५ । बेलायती राजकुमार ह्यारी र हलीउड अभिनेत्री मेगन मार्केल आज विवाह वन्धनमा बाधिदै छन् । यो विवाह विंडसर कासलमा रहेको सेंट चार्ज चैपल चर्चमा भइरहेको छ । विवाहमा प्रिन्स चार्ल्सले मेगनका बुबाको भुमिका निभाएर विवाह समारोहका लागी उनीहरुलाई चर्चसम्म लैजानेछन् । मेगनले चार्ल्ससँग आफुहरुलाई आफनो पिताको ठाउँ दिएर विवाह समारोह मनाउन अनुरोध गरेकी थिइन किनभने उनका बाबु थोमस मार्कल अस्वस्थ भएकाले विवाहमा सरिक हुन सकेका छैनन् ।
शाही विवाहलाई लिएर पुरै बेलायत भरी खुशीयाली मनाइएको छ र एक लाख भन्दा बढि आफन्त तथा पाहुनहरु विंडसर कासलमा पुगेका छन् । समारोहमाा सुरक्षाको राम्रो ब्यवस्था गरीएको छ । प्रहरी, सिआइडी अधिकृत र सेनालाई शाही जोडीको सुरक्षाको लागी जुन सुकै कदम चाल्न पनि आदेश दिइएको छ । सेनालाई सुरक्षालाई ध्यानमा राखेर गोली समेत चलाउने आदेश दिइएको छ ।
मेगनले आफनो विवाहमा आफनो परिवारलाई पनि निमन्त्रणा नदिइएको बुझिएको छ । यद्यपी परिवारका सदस्यहरु भने अमेरीकाबाट विवाह समारोहमा सरिक हुन बेलायत आएका छन् । यो भन्दा अगाडी पनि जानकारीमा आए अनुसार मेगन र उनको पिता विच सम्बन्ध खासै राम्रो नभएको बताउदै आएको थियो ।
टिवि सीरिज सुट्समा मुख्य भुमिका निभाएर चर्चा कमाएकी मेगनले २०११ मा अमेरीकाको निर्माता ट्रेवर एजेलसनसँग विवाह गरेकी थिइन । तर २०१३ मा उनीहरु विच सम्बन्ध बिछेद भएको थियो । ह्यारी र मेगनको भेट २०१६ मा एउटा साथीको घरमा भएको थियो । केही महिना पहिला मात्र कुखुराको मासु बनाउने क्रममा ह्यारीले मेगनसँग विवाहको लागी प्रस्ताव गरे र मेगनले पनि सजिलै प्रेम प्रस्ताव स्विकार गरिन र उनीहरु आजको विवाहसम्म पुगकोबुझिएको छ ।
बेलायती शाही परिवारको ६ औ नम्बरका उत्तराधिकारीको रुपमा प्रिन्स ह्यारी रहेका छन ।
मेगन मार्केल र प्रिन्स ह्यारीको विवाहको रोचक पक्ष
– ३३ बर्षको ह्यारी र ३६ बर्षकी मेगन मार्केल
– ३० लाख युरो मुल्यको मेगनको विवाहमा लगाउने पहिरन
– ६०० आफन्त र ईष्टमित्र हुनेछन् विवाह समारोह र रिसेप्शन पार्टीमा
– २०० जना लाई रात्रि भोजको लागी निमन्त्रणा
– १२०० सर्वसाधरणलाई पनि निमन्त्रणा
– ३०० करोड रुपैया हुनेछ खर्च
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा