सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अष्ट्रिया, बैशाख ७ । अष्ट्रियाको साल्जवर्ग शहरमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तिमा ५४ जना घाइते भएका अष्ट्रियाली प्रहरी प्रवक्ताले सिन्ह्वा न्यूज एजेन्सीलाई बताएका छन् ।
घाइते सवै यात्रुको साल्जस्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
परस्पर विपरित दिशाबाट आएका दुवै रात्रिकालीन रेल रहेका र दुवै विस्तारै गुडिरहेका समयमा दुर्घछना भएकाले रेलका धेरै मानिस सशुसल भएका प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा सत्यतथ्य पत्तालगाउन अनुसन्धान शुरू गरिएको प्रहरी प्रवक्ताले बताए ।
दुर्घटनाको समय प्राय यात्रुहरू निद्रामा रहेका भएपनि रेलको गति तीब्र नभएका कारण ठूलो मानवीय क्षति नभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा