सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, चैत २९। यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौँ गोल्डेन्सलाई १४३ रनको विजय लक्ष्य दिएको छ । प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज प्रतियोगिताको दोस्रो क्वालिफायरमा काठमाडौँले टस जितेपछि महेन्द्रनगरले ब्याटिङ गरेको थियो ।
पाँच ओभरमा मात्र १० रनको स्कोरमा महेन्द्रनगरले ६ विकेट गुमाउन पुग्यो । काठमाडौँका सन्नी पटेल एक्लैले ६ विकेट लिए । आरिफ शेख र पुनित मेहराले महेन्द्रनगरलाई सम्मानजनक स्कोरसम्म पुर्याए । मेहराले ५८ तथा शेखले ४३ रन बनाए । मेहराले ४२ बलमा चार छक्का र चार चौका प्रहार गरे भने शेखले ३९ बल खेल्दै एक छक्का र चार चौका हाने । करण केसीले १२ बलमा दुई छक्कासहित २१ रन बनाए ।
बलिङतर्फ कठमाडौका सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चेर ६ विकेट लिए । सुवोथ भाटी र पुष्प थापाले एक÷एक विकेट लिए । अहिले काठमाडौँ गोल्डेन्स १४३ रन पछ्याउँदै ब्याटिङ गरिरहेको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा