सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फेसबुकका सीईओ मार्क जुकरबर्गले उनको निजि डाटा पनि तेस्रो पक्षलाई बेचिएको खुलासा गरेका छन् । क्याम्ब्रिज स्क्याण्डलको सन्दर्भमा उनले आफनो डाटा पनि दुर्भावनापुर्ण तरिकाले बेचिएको जानकारी दिएका छन् । यो स्क्याण्डलले पछिल्लो केही हप्तादेखी जुकरबर्गको कम्पनिलाई हल्लाएको छ ।
जुकरबर्गले सिनेटको बाणिज्य एवं न्यायपालिका समितिको अगाडी आफनो टिप्पणीको शुरुवात डोनाल्ड ट्रपको राष्ट्रपति पदको अभियानसँग जोडिएको डाटा फर्म क्याम्ब्रिज एनालिटिकाको चुनावलाई प्रभावीत गर्ने कोशिशमा ८.७ करोड उपयोगकर्ताको निजि जानकारी एकत्रित गर्ने कामलाई रोक्न नसकेको जिम्मेदारी लिदै शुरु गरेका थिए ।
बुधबार क्यालिफोर्नियाका डेमोक्रेटिभ प्रतिनिधि एना इशुको सवालको जवाफ दिने क्रममा उनले उक्त खुलासा गरेका हुन् । फेसबुकले बताए अनुसार ८.७ करोड मानिसहरुको निजि जानकारी चोरीएको जनाएको छ ।
फेसबुकले पहिलो पटक २ लाख ७० हजार युजर्सले पर्सनालिटि क्विज मा भाग लिएको समयमा डाटा चोरीएको थाहा पाएका थिए । यी युजर्सको साथ साथै उनीहरुको साथीहरुको डाटालाई पनि एउटा बाहिरी एपले प्राप्त गरको थियो ।
फेसबुकका सिईओ मार्क जुकरबर्गले अमेरीकी काग्रेसको दुई दिवसीय सुनुवाईमा मंगलबार निजि प्रकरणको विषयमा सार्वजनिक रुपमा माफि पनि मागेका छन् ।
बुधबार दोस्रो दिन पनि अमेरीकी काग्रेसले लगातार सोधेको प्रश्नको घेरामा उनी परेका छन् । उनले उक्त प्रश्नहरुको सन्दर्भमा पटक–पटक गल्तिलाई स्विकार्दे माफी पनि मागेका थिए ।
जुकरबर्गलाई क्याम्ब्रिज एनालिटिकामाथिको अडिट कसले र कसरी गरीरहेको छ भन्ने प्रश्नमा उनले भनेका छन् ‘फेसबुक थर्ड पार्टी अडिटर्ससँग काम गरीरहेका छौ ताकि हामी सबै एपको जाँचबुझ गर्न सकियोस, यसको माध्यमबाट सेक्युरीटि तथा एडका लागी ट्रयाक गर्दछ ताकी जो फेसबुक युजर्स होइनन तीनीहरुले फेसबुक युजर्सलाई ट्रयाक गर्न नसकुन’ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा