सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
आइतबार चैत्र २३ । भारतको तीन दिने राजकीय भ्रमणका लागी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ओलीलाई भारतका गृहमन्त्री राजनाथ सिंहले विमानस्थलमा स्वागत गरेका छन्। ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डको नेतृत्व गर्दे नेपाल एयरलाइन्सको विमानबाट ९ बजे त्रिभुवन विमानस्थलबाट छुटेका प्रधानमन्त्रि ओलीलाई गृहमन्त्री सिंहले स्वागत गरेका हुन्।
प्रधानमन्त्री ओली सवार नेपाल बायुसेवा निगमको विमान १०।१५ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
अघिल्लो पटक प्रधानमन्त्रि ओली भारत भ्रमणमा जाँदा विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन्।
यस्तो छ प्रधानमन्त्री ओलीको ३ दिने कार्यक्रम
पहिलो दिन चैत २३ गते शुक्रवार
– ११ बजे ४५ मिनेटमा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अवतरण
– भारतीय ब्यापारीहरुसँग ताज प्यालेस होटमा भेटघाट गर्ने,
– ५ बजे नेपाली समुदायसँग छलफल गर्ने र
– ७ः३० बजे कूटनीतिक समुदायसँग भेटघाट
दोस्रोे दिन चैत २४ गते शनिवार
– ९ बजे भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटघाट गर्ने
– १० बजे राजघाट पुगी महात्मागान्धीको समाधिस्थलमा माल्यलपण गर्ने
– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रपति भवन हैदरावादमा भेटघाट गर्ने र दुइपक्षवीच भएको सहमतिमा हस्ताक्षार गरी संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने
– ५ः३० बजे प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा राजनीतिक भेटघाट गर्ने
– साँझ विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने।
भ्रमणको तेस्रो दिन चैत्र २५ गते आइतबार
– प्रधानमन्त्री ओली उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमण गर्ने
– १ बजे गान्धी हलमा मानार्थ विद्यावारिधीको प्रमाणपत्रद्धारा सुशोभित हुने
– साँझ ६ बजे स्वदेश फर्कने
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा