सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ४ । चीनमा राष्ट्रपति पदको लागी शी जिनपिंगलाई दोस्रो कार्यकालको लागी निर्वाचित गरेको छ । नेशनल पीपुल्स कांग्रेस (एनपीसी) ले शनिवार राष्ट्रपतिको रुपमा शि जिनपिंगलाई अघिल्लो कार्यकालको लागी सर्वसम्मत स्विकृत दिएको छ । शि आजिवन राष्ट्रपति पदमा बनीरहने स्विकृत यस अघिको संसदले गरिसकेको छ ।
चीनको संसदले केही दिन अघि मात्र शी को कार्यकालमा लागीएको २०२३ सम्मको समय सीमालाई पनि समाप्त गर्दे उनलाई आजिवन राष्ट्रपति बनीरहने लालमोहर लगाएको थियो ।
शी जीनपिंगलाई चीनको शक्तिशाली सैन्य आयोगको प्रमुखमा पनि चुनीएको छ , जुन अन्तर्गत चिनको सेना पर्दछन् । ११ मार्चमा एनपीसीको २९०० भन्दा बढि सांसदले राष्ट्रपति र उपराष्ट्रपतिको दुई कार्यकाललाई समाप्त गर्ने उदेश्यले सत्तारुढ चीनीया कम्युनिष्ट पार्टी (सीपीसी) को तर्फबाट प्रस्तावीत संवैधानिक संशोधनको लागी मद्यत गरेको थियो ।
२०१३ मा राष्ट्रपति पद सम्हालेका ६४ बर्षिय शिको पक्षमा सबै २,९७० भोट परेको थियो । उनको विपक्षमा एक भोट पनि परेन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा