सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २४। राष्ट्रियसभा सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने मतदानका लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले हिजो पत्रकार सम्मेलन मार्फत आज हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेका थिए। उनले निर्वाचनमैत्री वातावरण बनाउन सरकार, राजनीतिक दल र उम्मेदवार सरोकारवाला सबैसँग आग्रह समेत गरेका थिए।
आयोगले निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउन १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको छ । प्रदेश नम्बर २ बाट निर्वाचित हुने सबै सदस्य निर्विरोध भइसकेकाले सो प्रदेशमा भने निर्वाचन हुने छैन । बाँकी ६ वटा प्रदेशमा आज निर्वाचन हुने छ । प्रदेश नम्बर १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान केन्द्र तोकिएको छ । राष्ट्रियसभामा चुनिने ५६ सिटमध्ये उम्मेदवारी मनोनयनकै क्रममा २४ सिट निर्विरोध भैसकेका छन् । अब ३२ सिटका लागि मात्रै चुनाव हुने छ ।
५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । हरेक प्रदेशबाट कम्तिमा ३ जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अरु ३ जनासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ ।
प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्य गरी कूल २ हजार ५६ मतदाता रहेका छन्। आयोगले फागुन ५ गतेभित्र प्रतिनिधिसभा चुनावको सबै परिणामसमेत राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा