सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २। पुसको अन्तिम साता ह्वात्तै बढेको चिसो माघ महिना लागेसँगै घटेको छ । अधिकतम र न्यूनतम तापक्रममा बृद्धि आएपछि उपत्यका तातो बन्दै गएको छ । उपत्यकामा पुसको अन्तिम साता न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो । अहिले तापक्रम क्रमश बढ्दै गइरहेको छ । जलतथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले भन्नुभयो, ‘कुनै मौसमी प्रणाली भित्रिएन भने अब तापक्रम बढ्दै जान्छ ।
तर अहिले नै तापक्रम बढेर गर्मी सुरु भइहाल्छ भन्ने होइन । सामान्यतया उपत्यकामा जनवरीको दोस्रो सातासम्म अत्याधिक चिसो हुने गर्दछ ।’ महाशाखाका अनुसार मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा