सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी, पुस २२ । नेपाल कृषि अनुसन्धान परिषदमा कार्यरत धान वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसडर’ घोषणा गरिएको छ।
इ–लाइफ अन्तरराष्ट्रिय विज्ञान प्रकाशन समूह हो जसको प्रमुख कार्यालय बेलायतमा छ। इ–लाइफको प्रमुख सम्पादन नोबेल अवार्ड विजेता रन्डी स्चेक्मनले गर्छन्।
कुशवाहाका चार दर्जनभन्दा बढी अनुसन्धानपत्र विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। उनले करिब एक दर्जन राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेका छन्।
नोभेम्बर २०१७ मा भारतमा भएको वैज्ञानिक सम्मेलनमा उनलाई ‘बेस्ट पेपर’ अवार्ड दिइएको थियो। कुशवाहा सन् २०१६ मा ‘कालो चामल : अनुसन्धान, इतिहास र विकास’ नामक पुस्तक प्रकाशन गरी चर्चामा आएका थिए। हाल उनी भारतस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालय पन्तनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गर्दैछन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा