सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नुवाकोट, पुस २०। नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा बुधबार अपराह्नदेखि अवरुद्ध भएको छ । धादिङको गल्छीबाट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमका प्रिपेड, पोष्टपेड, पिएसटिएन (ल्याण्डलाईन टेलिफोन) र इन्टरनेट सेवामा उत्पन्न समस्या कायमै रहेको छ । टेलिकमको सेवा बुधबार अपराह्न ३ बजेदेखि अवरुद्ध भएको हो ।
सेवा अवरुद्ध भएको लामो समय भइसक्दा समेत उत्पन्न समस्याको समाधान नहुँदा उपभोक्ता सञ्चार सुविधाबाट वञ्चित छन् । गल्छीबाट ल्याइएको फाइबर नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटे आसपासको स्थानमा खराबी देखिएकाले बनाउन पोखराबाट आज बिहान आइपुगेका प्राविधिकले प्रयास गरिरहेको टेलिकम नुवाकोट प्रमुख श्यामकान्त चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार अप्टिकल फाइबर विस्तार र मर्मतको जिम्मेवारी निजी कम्पनीलाई दिइएकाले सेवा अवरुद्धपछि मर्मतका लागि काठमाडाँै नजिक हुने भए पनि निजी कम्पनीको प्राविधिक पोखराबाट आउन ढिलाइ गरेकाले समस्याको पहिचान र मर्मतमा ढिलाइ भएको हो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा