सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
के तपाई पत्याउनु हुन्छ आमा र छोरीको उमेरको अन्तर डेढ बर्षको फरक हुन्छ भनेर ? यस्तै संयोग मिलेको छ पुर्व मिस वल्र्ड भईसकेकी डायना हेडनलाई । उनले गत बर्षमात्र आइभिएफबाट एउटा बच्चाको जन्म दिएकी थिइन । डायना हेडनले आठ बर्ष पहिले आफनो भू्रण सुरक्षितसाथ राखेकी थिइन जसले भारतमा सनसनी नै मच्चायो तर अहिले आएर यो अमेरीकामा पनि यस्तै घटना घट्यो जसले सबैलाई अच्चमित पारेको छ ।
मिडिया रिपोर्ट अनुसार अमेरिकाकी २६ बर्षिय टिना गिब्सनले २४ बर्ष अगाडि फिजमा राखेको भू्रणबाट एउटा बच्चिलाई जन्म दिएकी छिन् । उनका ३३ बषिर्य श्रीमान बेंजामिन गिब्सन लाई सिस्टिक फाइब्रोसिस
नामको रोगका कारण बच्चा नहुदा उनले भू्रणको जन्म दिने निर्णय गरेकी हुन । गत नोभेम्बर २५ मा उनले उक्त भू्रणलाई जन्म दिइन र उनीहरुले उक्त बच्चिको नाम एमा रेन गिब्सन राखे । ऐमा २४ बर्षसम्म भू्ण बनेर बसि र यस दुनियामा जन्म लिइन । अच्चम्म पार्ने कुरा त यो छ कि जब उनले भू्रणलाई फ्रिज गरीन उनको उमेर जम्मा डेढ बर्षकी थियो । उनले उक्त भू्रणलाई फ्रिज गर्दा उनलाई यो कुरा थाहा थिएन की उनले यसलाई पछि बच्चाको रुपमा प्राप्त गर्छिन ।
सबैले यसलाई विज्ञानको चमत्कारको रुपमा लिएका छन् भने कतिले यसलाई भगबानको चमत्कारको रुपमा लिएका छन् किनभने योभन्दा पहिला यस्तो चमत्कार भएका थिएनन् ।
यस किसिमको भू्रणबाट जन्म नै पहिलो भएकोले यसले वल्र्ड रेकर्ड समेत राख्न सफल भएको छ ।
भन्दा पहिला २०११ मा एउटा महिलाले २० बर्ष पुरानो भू्रणलाई जन्म दिएकी थिइन् भने यो त्यो भन्दा लामो समय २४ बर्षसम्म हो ।
कसरी भयो सम्भव
पछिल्लो बर्ष टिनाले नेशनल एम्ब्रियो डोनेशन सेंटरमा सम्पर्क गरीन जहाँ धेरै भू्रणलाई बर्फमा जमाएर बर्षो बर्षसम्म सुरक्षितसाथ राखीन्छ । जुन भू्रणहरुलाई स्नो बेबी पनि भन्ने गरीन्छ । अहिले यो संसारभर बरदानको रुपका सावित भएको छ जसले बच्चा जन्माउन सकेका छैनन् । त्यही नेशनल एम्ब्रियो डोनेशन सेंटरको सहयोगमा उनले उक्त भू्रणलाई जन्म दिएकी हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा