सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २७ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सन्चालन हुने भएको छ ।
दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको ।
हरेक दुई/दुई वर्षमा आयोजना हुने भनिएको उक्त प्रतियोगिता यसै महिनामा सन्चालन गर्ने सन् २०१६ मै निर्णय भएपनि साफले खेलको मिति परिवर्तन गरेको हो ।
भारतमा सन् २०१५ मा भएको ११औं साफ च्याम्पियनसिपपछि करिब एक वर्ष ढिलागरी प्रतियोगिता आयोजना हुन लागेको छ ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।
बंगलादेशमा आयोजना हुन लागेको उक्त प्रतियोगिता यो तेस्रोपटक हो । यसअघि सन् २००३ र २००९ मा बंगलादेशले सो प्रतियोगिता आयोजना गरेको थियो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा