सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १६ । विश्वका मूख्य माछा मार्ने देशहरुले उत्तर ध्रुबीय सागर आर्क्टिकमा माछा मार्न प्रतिबन्ध लगाउन सहमति गरेका छन् । क्यानाडा, रुस, चीन, अमेरिका, जापान, डेनमार्क र दक्षिण कोरिया सहितका ९ देश र युरोपियनले अर्काटिक सागरमा व्यवसायीक रुपमा माछा नमार्ने सहमति गरेको बिबिसीले जनाएको छ ।
३० लाख स्क्वायर किलोमिटर क्षेत्र ओगटेको यो क्षेत्रमा अहिलेको सामुद्रीक पारिस्थितिक रहला कि नरहला भनेर वैज्ञानिक अध्ययन भैरहेको छ । सहमति १६ वर्षसम्म कायम रहनेछ ।
आर्क्टिकुको सबैजसो क्षेत्रमा पहिले हिउँ जमेको थियो । तर, विश्वव्यापी तापक्रम वृद्धिले त्यहाँ हिउँ पग्लिएर अहिले पानी बनिरहेको छ । भूमध्य सागर जत्रो उक्त क्षेत्र करीब २८ लाख वर्ग किलोमिटर छ ।
संरक्षणकर्मीले यो निर्णयको स्वागत गरेका छन् । कुनै बेला सम्पूर्ण हिउँ जमेको पृथ्वीको अर्काटिक अहिले सबैभन्दा तिब्र गतिमा तातिरहेको क्षेत्रमा परेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा