सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा थप दुईजना पक्राउ परेका छन् । गएको असोज २३ गते गौचनको गोली हानी हत्या भएको थियो । गौचन हत्या गिरोहमा संलग्न भएको आरोपमा शुक्रबार प्रहरीले थप दुईजनालाई काठमाडौंको कपनबाट हतियारसहित पक्राउ गरेको हो ।
बसन्त थेवे र धनराज योङहाङ २ वटा पेस्तोल र १० राउण्ड गोलीसहित पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । उनीहरुले गौचन घरबाट बाहिर निस्केको सूचना सुटरलाई दिनुका साथै हत्यामा प्रयोग गरिएको हतियार लुकाउन मद्दत गरेको प्रहरीको आरोप छ ।
यसअघि पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको प्रहरीले शुक्रबार थप दुईजनालाई पक्राउ गर्न सफल भएको हो । यदपी हत्याका मुख्य योजनाकार भने अझै पक्राउ पर्न सकेका छैनन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा