सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । नेपाली चलचित्र “कान्छी”को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर चलचित्रको पहिलो गीत ‘चरी चट्ट परि’ सार्वजनिक गरिएको हो । युट्युवमा मार्फत सार्वजनिक गरिएको उक्त चलचित्रको ‘चरी चट्ट परी’ बोलको गीतमा श्वेता र दयाहाङ राईको नृत्य देख्न सकिन्छ।
राजराजन सिवाकोटीको शब्द, सङ्गीत, स्वर रहेको गीतमा गायिका अञ्जु पन्तले साथ दिएकी छिन् । भिडियोको कोरियाग्राफी वसन्त श्रेष्ठले गरेका हुन् । आकाश अधिकारी निर्देशित चलचित्र “कान्छी”मा दया दयाहाङ राई र श्वेताको साथमा अनु शाह, प्रज्जल सुजल गिरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ‘कान्छी’ माघ २६ गते अल नेपाल प्रदर्शन हुँदैछ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा