सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ९ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जन्मथलो सप्तरीबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुहुने भएको छ ।
अध्यक्ष यादवले सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने पार्टीका नेता शम्भु झाले जानकारी दिए ।
त्यस क्षेत्रमा राजविराज नगरपालिकाका १६ वडासहित छिन्नमस्ता, महदेवा र तिलाठी कोइलाडी गाउँपालिका पर्दछन् । सप्तरी क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘ख’बाट राष्ट्रिय जनता पार्टी (राजपा)का महासचिव मनीषकुमार सुमनले उम्मेदवारी दिने बताइएको छ । फोरम नेपाल र राजपासँगको गठबन्धनमा उहाँ उम्मेदबार बन्न लाग्नुभएको हो ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा