सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज २८ । चलचित्र ‘मेला’ को ट्रेलर सार्वजनिक भएको छ। कार्तिक २४ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्रको ट्रेलरमा प्रेम, एक्सन र रोमान्स देख्न सकिन्छ। सलोन बस्नेत, आमेश भण्डारी र अशिष्मा नकर्मी मुख्य भूमिकामा रहेको चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरेका छन्।
मनोज मारोडिया निर्माता रहेको चलचित्रमा हरि पन्त प्रस्तुतकर्ताको रुपमा रहेका छन्। दिव्य सुवेदीको छायाँकन रहेको चलचित्रमा प्रवित्रा आचार्यको कोरियोग्राफी, अर्जुन पोख्रेलको संगीत रहेको छ।
ट्रेलर हेर्नुस् :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा