सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज १२। भुटानको थिम्पुमा बुधबार सम्पन्न अठार बर्ष मुनिको साफ फुटबल प्रतियोगिता बिजेता नेपाली खेलाडीहरु विहीबार स्वदेश फर्केका छन् । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ ९एन्फा०का पदाधिकारी एवं फुटबलप्रेमी समर्थकहरुले स्वागत गरेका थिए ।खेलाडीको विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
विजेता खेलाडीले पहिलो खेल भुटानसंग हार्नुनै आफुहरुको जीत भएको बताएका छन् । सोही हारबाट सिक्दै थप रणनिति बनाउन सफल भएकाले बिजय प्राप्ती गरेको क्याप्टेन अर्पण कार्कीले बताए । भुटानमा भएको प्रतियोगिताको अन्तिम दिन बुधबार भारतलाई २–० ले हराउँदै नेपालले साविक उपाधि रक्षा गरेको थियो । नेपालको जितमा दुबै गोल दिनेश हेन्जनले गरे ।
प्रतियोगितामा सहभागी दक्षिण एसियाका पाँच टोलीहरु सबैले एक–अर्कासँग खेलेपछि सबै भन्दा बढी अंक प्राप्त गर्ने टोली विजेता बनेको हो । नेपाल र बंगलादेशको बराबर ९ अंक भएपछि ‘हेड टु हेड’का आधारमा नेपाल विजेता बनेको हो । समूहको खेलमा नेपालले बंगलादेशलाई ब२–१ ले हराएको थियो ।
यसअघि दुई वर्षअघि नेपालले नेपालमै आयोजित १९ बर्ष मुनिको साफ फुटबलको पहिलो उपाधि पनि जितेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा