सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं — पूर्वमिस नेपाल उषा खड्कीको उजुरीपछि उनका पूर्वपति जीपी तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मंगलबार बिहान नियन्त्रणमा लिइएको हो।
उषाले आफूविरुद्ध अभद्र व्यवहार भएको आरोप लगाउँदै सोमबार भक्तपुर प्रहरी परिसरमा उजुरी दर्ता गराएकी थिइन्। सोही आधारमा प्रहरीले तिमल्सिनालाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ।
यसअघि उषाले सामाजिक सञ्जालमार्फत आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गर्दै न्यायको माग गरेकी थिइन्। उनले नयाँ सरकारसँग सुरक्षा र न्यायको अपेक्षा समेत राखेकी थिइन्।
उषा खड्की र तिमल्सिनाबीच २०७९ जेठ २६ गते काठमाडौं जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा