सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाजुरा । जिल्ला अस्पताल बाजुरा लगायतका स्वास्थ्य संस्थामा रेबिजविरुद्ध प्रयोग हुने खोप अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।
एक साता यता स्वास्थ्य संस्थाहरूमा खोप अभाव हुँदा उपचारका लागि आएका बिरामीहरू निराश भएर फर्किनुपर्ने अवस्था छ ।
सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप हाल जिल्ला अस्पताल बाजुरामा छैन । अस्पतालले सोमबार सामाजिक सञ्जालमार्फत सूचना प्रकाशित गर्दै खोप अभावको जानकारी गराएको हो ।
अस्पतालका अनुसार रेबिज खोप धनगढीस्थित प्रदेश आपूर्ति केन्द्रमार्फत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गर्दछ । तर हाल सो केन्द्रमै खोप अभाव भएपछि जिल्ला अस्पतालमा समेत आपूर्ति अवरुद्ध भएको छ ।
खोप अभावका कारण विशेषगरी कुकुर, बिरालो वा अन्य जनावरको टोकाइमा परेका व्यक्तिहरू बढी प्रभावित भएका छन् । रेबिज एक घातक रोग भएकाले समयमै खोप लगाउन आवश्यक हुन्छ । तर हाल खोप नहुँदा उपचारमा गम्भीर समस्या देखिएको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालका प्रमुख डा.चन्द्र शेखर यादवले प्रदेश आपूर्ति केन्द्रसँग सम्पर्कमा रहेर खोपको आपूर्ति सहज बनाउन पहल भइरहेको जानकारी दिएका छन् ।
‘खोपको माग उच्च भए पनि हाल प्रदेश आपूर्ति केन्द्रमा नै अभाव भएकाले केही दिनमा मात्र स्थिति सहज हुन सक्छ,’ प्रमुखले भनेका छन् ।
यसबीच स्थानीयवासीले स्वास्थ्य सेवा प्रवाहमा खलल पुग्नेगरी खोप अभाव हुनु दुःखद भएको भन्दै तत्काल खोप आपूर्ति गर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा