सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सत्यको बाटोमा लैजानका लागि दिइने ज्ञानलाई आत्मसात् गर्नुपर्ने बताएका छन् । नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धाममा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिले एउटा कानले सुन्ने र अर्को कानले विर्सने प्रवृत्ति बढेको बताएका हुन् ।
उनले समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्रमले सहयोग पुग्ने पनि वश्वास व्यक्त गरे ।
‘एउटा कानले सुन्ने अर्कोले उडाउने गर्छौ । त्यसो हुनुभएन । समाजलाई सत्यको बाटोमा लैजानका लागि धार्मिक कार्यक्रममा हुने प्रवचनका कुरालाई आत्मसाथ गरौं,’ उनले भने,‘जसले मेहनत गर्छ । मेहनतको फलको आनन्दप्राप्ति नै बेग्लै किसिमको हुन्छ ।’
समाजलाई सत्य र पवित्रताको बाटोमा अगाडी बढाउन सेवाभावले समर्पित व्यक्तिहरुको समाजले मूल्यांकन गर्नसक्नुपर्ने पनि उनले बताए ।
उनले भने, ‘तर, अहिले जुन प्राप्त गरेका अधिकार छन । ती अधिकारको मूल्य र मान्यतालाई राम्रोसँग बुझ्नुपर्छ । अधिकारको मात्र कुरा गरेर हुँदैन पूरा गर्नुपर्ने दायित्वमा पनि सोच्नुपर्छ ।’
त्यस्तै, उपप्रधानमन्त्री सिंहले बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । बद्रीनारायण धामको पूर्वाधार निर्माणका लागि सरकारले यसअघि पनि सहयोग गरेको भन्दै त्यसको निरन्तरतामा ध्यान दिने सिंहको भनाई छ । धाम निर्माणको कामलाई पूर्णता दिन सबै आ–आफ्नो क्षेत्रबाट लाग्नसमेत उनले आग्रह गरे ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा