सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । हिजो झन्डै १७ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८६ अङ्कले बढेर २ हजार ७ सय दशमलव ०४ विन्दुमा पुगेको छ ।
यसदिन ३१८ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ५ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै सिईडीवी होल्डिङ कम्पनिको ३६ करोड ५५ लाखको शेयर किनबेच भयो ।
आज उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ९ प्रतिशतभन्दा धेरै र फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
यसदिन सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा