सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ७९ हजार एकसय रुपैयाँमा झरेको हो ।
हिजो सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको थियो । यो सुनको अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज पनि चाँदीको मूल्य प्रतितोला दुई हजार १५ रुपैयाँ घटेर दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा