सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ पौष । साताको अन्तिम कारोबारको दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहिबार ४ दशमलव ६३ अङ्कले बढेर २ हजार पाँच सय ८६ दशमलव २३ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको यसदिन ३१५ वटा कम्पनीका १ करोड ८६ हजार कित्ता शेयर ४ अर्ब ६० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर ४६ करोड १७ लाख किनबेभ भयो ।
आज बैंक, लगानी, माइक्रोफाइनान्स, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ ।
आज न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै ६ वटा कम्पनीका शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर भने ५ प्रतिशतले घटेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा