सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १६ पौष । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेशका १० जिल्लाका सरकारी विद्यालयबाट एसईई उत्तीर्ण गरी काठमाडौँमा अध्ययन गर्न चाहने निम्न आर्थिक वर्गका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालीकोटसँगको सहकार्यमा आफ्नो केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत छात्रवृत्ति रकम वितरण गरेको हो।
यस पहलले कर्णाली प्रदेशका विद्यार्थीहरूको प्लस टु तथा प्राविधिक शिक्षा अध्ययनको चाहनालाई मूर्त रूप दिन सहयोग गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
छात्रवृत्ति कार्यक्रमअन्तर्गत सीटीईभीटीअन्तर्गतका डिप्लोमा तथा व्यावसायिक तालिममा अध्ययन गर्न चाहने तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले लाभ पाउनेछन्।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्द्धन, र दिगो विकास जस्ता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
साथै, बैंकले डिजिटल बैंकिङ्ग सेवालाई थप सुदृढ बनाउँदै “महालक्ष्मी स्मार्ट साथी” नामक मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ। यस एप्लिकेशनमार्फत ग्राहकहरूले अत्याधुनिक, सुरक्षित र सहज बैंकिङ्ग सेवा लिन सक्नेछन्।
बैंकका अनुसार, यस प्रकारका सामाजिक र डिजिटल प्रयासहरूले बैंकलाई मात्र नभई समाजलाई पनि दिगो र सकारात्मक मार्गतर्फ अघि बढाउन योगदान पुर्याउनेछ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा