सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइलफोटो
३१ जेठ, काठमाडौं । काठमाडौंको सितापाइला चोकमा गएराति खानेपानीको पाइप खन्ने क्रममा ढिस्कोले पुरिएर तीनजना मजदुरको मृत्यु भएको छ ।
बुधबार बिहान २ बजे मेलम्ची खानेपानीको पाइप बिच्छ्याएर पर्ने क्रममा ढिस्को खसेर पुरिएपछि तीनजना मजदुरको ज्यान गएको हो ।
मृत्यु हुनेमा सप्तरी चासाङ ३ का १७ बर्षीय सन्तोष दास, सप्तरीकै बनौला २ का १७ बर्षीय श्यामसुन्दर राम र पर्वत नाग्लीवाङ ८ का ४७ बर्षीय तेजप्रसाद केसी रहेका छन् ।
राति पौने २ बजे एक्साभेटरले खन्ने क्रममा खाडलभित्र भित्र काम गरिरहेका तीनै जना कामदारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा