सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२४ जेठ, काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो ३ बजेर ४२ मिनेटमा पदभार ग्रहण गरेका छन् । बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सपथग्रहण गरेका प्रधानमन्त्री देउवाले दुईवटा निर्णयमा हस्ताक्षर गरी पदभार ग्रहण गरेका हुन् ।चौथोपटक मुलुकको सर्वोच्च कार्यकारी भएका देउवा मंगलबार प्रधानमन्त्री निर्वाचित भएका हुन् ।
देउवाले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अन्तरप्रदेश सचिवालय गठन गर्ने र सदाचार नीतिको मस्यौदा तयार गरी प्रधानमन्त्री कार्यालयमा पेश गर्ने सम्बन्धी दुईवटा निर्णयमा हस्ताक्षर गरेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा