• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

      रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको वडा अध्यक्षमा जित

      टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

      बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

      पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

      प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

      सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

      जनताले एउटा खराबले जितेको ठाउॅमा अर्को खराबलाई भोट हाल्नु दुखद : डा. बाबुराम भट्टराई

      शारदा नपामा काँग्रेस, कपुरकोटमा समाजवादी विजयी

      सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी ?

      आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र

      दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

      रेणु मतान्तर बढाउदै, विजय पछिपछि

      सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

      बालेनले १० हजार मत कटाए

    होमपेज / पत्रपत्रिका

    देउवाले सानो मन्त्रिपरिषद् गठन गर्ने, को–को बन्दैछन् मन्त्री ? (नामसहित)

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ २३, मंगलबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं, २३ जेठ । ४० औं प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सानो संख्यामा छरितो मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । देउवाले आफू प्रधानमन्त्रीमा निर्वाचित भएपछि सपथ लिंदा आफ्ना समर्थनमा रहेका र सरकारमा जान इच्छुक दलबाट १० देखि ११ जनालाई समेटेर पहिलो चरणमा छरितो मन्त्रिमण्डल बनाउने भएका हुन् ।
    अाजको राजधानी दैनिकमा खबर छ– देउवाको नेतृत्वमा रहने मन्त्रीमण्डलमा पहिलो चरणमा कांग्रेसबाट थोरै संख्यामा मात्र मन्त्री बन्ने छन् । जसमा ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुर पहिलो चरणमा मन्त्री हुने सम्भावना रहेको स्रोतले बताएको छ । कार्की वा आचार्य मध्ये एकले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने पक्का छ ।
    यस्तै श्रेष्ठ र मन्सुरको मन्त्रालय कुन हुने भन्ने छलफल भइरहेको छ । श्रेष्ठलाई सम्मानजनक मन्त्रालय दिने पक्षमा देउवा देखिएका छन् । यस्तै वर्तमान मन्त्री परिषदमा रहेर सकरात्मक चर्चा कमाएका केही मन्त्रीलाई समेत कांग्रेसले सरकारमा सहभागी गराउँने बुझिएको छ । यसरी दोहोरीने सम्भावना भएकामा रमेश लेखक र गगन थापाको चर्चा छ । तर पहिलो चरणमा नभएर दोस्रो चरणमा मात्र देउवाले उनीहरुलाई मन्त्री बनाउँन चाहेका छन । यस्तै मिन विश्वकर्मा र भिमसेनदास प्रधानको नाम पनि कांग्रेसबाट मन्त्रीको सुचीमा रहेको उच्च स्रोतले जानकारी दियो । यस्तै डिना उपाध्याय, अम्बिका बस्नेत र किरण यादवको नाम समेत चर्चामा छ ।
    २०६४ सालमै काठमाडौंमा चुनाव जितेका ध्यानगोविन्द रञ्जित पनि मन्त्री हुने सम्भावना रहेको छ । सुदूरपश्चिमबाट वीरबहादुर बलायर र बहादुरसिंह थापामध्ये एकजनाले अवसर पाउने बताइन्छ । लुम्बिनी क्षेत्रबाट भरत शाह, चन्द्र भण्डारीको सम्भावना छ भने ध्रुव वाग्लेदेखि भीष्मराज आङदेम्वे, डिकबहादुर लिम्बू र मोहनबहादुर बस्नेत पनि मन्त्रीका लागि चर्चामा छन ।
    वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबाट पहिलो चरणको मन्त्री मण्डल विस्तारमा को–को जाने भन्ने सोमबार अबेर रातीसम्म निर्णय गरेको छैन । माओवादीबाट पहिलो चरणको मन्त्रीमण्डल विस्तारमा अहिले उपप्रधान तथा अर्थमन्त्री रहेका कृष्णबहादुर महरा र उर्जामन्त्री रहेका जनार्दनलाई पठाउने गृहकार्य रहेको स्रोत बताउँछ । दुवैले गृह मन्त्रालय रोजेकाले कसलाई कुन मन्त्रालयमा पठाउने भन्ने औपचारिक निर्णय भने भएको छैन । माओवादी उच्च स्रोतका अनुसार उपप्रधानसहित परराष्ट्रमा सरकारको नेतृत्व गरेर महरा जाने र गृहमा शर्मालाई पठाउन सक्ने सम्भावना बढी रहेको छ ।
    माओवादीबाट दोस्रो चरणको मन्त्रीमण्डलमा प्रभू शाह, गिरिराजमणी पोखरेल, रेखा शर्मा, रामनारायण बिडारी, टेकबहादुर बस्नेत सिता नेपाली जाने चर्चा छ । केपी ओली नेतृत्व सरकारको पालामा सरकारमा सहभागी शक्ति बस्नेत, हरिबोल गजुरेल, अग्नि सापकोटाले पनि चासो राखेको बुझिएको छ । माओवादीले मन्त्रीहरुको आधिकारिक टुंगो भने लगाउन सकेको छैन । अर्थमन्त्री समेत रहेका नेता कृष्णबहादुर महराले मन्त्रीहरुका विषयमा छलफल भईरहेको र टुंगो नलागी सकेको बताए ।
    यस्तै हाल सरकारमा रही रहेको विजयकुमार गच्छदारको दल फोरम लोकतान्त्रिक समेत पहिलो चरणमा नै सरकारमा जाने भएको छ । गच्चदार आफै नेतृत्व लिएर हाल सम्हालिरहेकै मन्त्रालय लिने गरी सरकारमा सहभागी हुने लगभग निश्चित भएको स्रोतले बतायो । राप्रपाले भने सरकारलाई समर्थन गर्ने तर सरकारमा जाने नजाने बारे छलफल भइरहेको बताएको छ ।
    राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै पक्षमा मतदान गर्ने निर्णय भएको तर सरकारमा सहभागी हुने वा नहुने भन्नेमा भने छलफल जारी रहेको बताए । उनका अनुसार सम्मानजनक अवस्था आए राप्रपा सरकारमा सहभागी हुने छ । तर टुंगो भने लागि सकेको छैन ।
    यसैगरी देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दे पक्षमा मतदान गर्ने निर्णय गरेको संघीय समाजवादी फोरम भने सरकारमा सहभागी नहुने भएको छ । सो दलले संसदीय दलको आइतबारको बैठकबाटै सरकारको समर्थनमा मतदान गर्ने तर सरकारमा भने सहभागी नहुने बताइसकेको छ । यस्तै राजपाले भने आफ्ना मागका बारे सकरात्मक संकेत पाए सरकारको समर्थनमा मतदान गर्ने निर्णय गरेको छ । तर सरकारमा भने सहभागी नहुने उसको निर्णय छ । तर सरकारको समर्थनमा रहेका केही अन्य साना दलका केही नेता समेत पहिलो चरणमा नै मन्त्री बन्ने छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    फेरि थुप्रियो फोहोर

    सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

    मतदानपछि देउवा–ओली जुहारी

    पालिका सभा अब संसदीय अभ्यासमा

    हाँसमा बर्डफ्लु पुष्टि

    चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

    रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको वडा अध्यक्षमा जित

    टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

    रेणु मतान्तर बढाउदै, विजय पछिपछि

    बालेनले १० हजार मत कटाए

    ५ महानगरमा कहाँ कस्को अग्रता ?

    महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑