सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २२ , काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले विज्ञान र प्रविधिको विकास भएमात्र देशको विकास हुने बताएका छन् । क्यालिफोर्निया स्टेट युनिर्भसिटी, काठमाडौँ इन्टिच्युट अफ एप्लाइड साइन्सले ‘हिमालय क्षेत्रको वातावरणीय परिवर्तन’ सम्बन्धी अध्ययन गरेका अमेरिकन विद्यार्थीका लागि आइतबार साँझ आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्नुहुँदै पूर्व प्रधानमन्त्री खनालले संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री खनालले लामो समयदेखिको अस्थिरताको युगलाई स्थानीय तहको निर्वाचनबाट समाप्त गरेको बताए । क्यालिफोर्निया स्टेट युनिर्भसिटीका प्रा डा मोहनबहादुर डाँगीले मुलुकको विकासका लागि प्रविधिको विकास आवश्यक रहेको बताए । सो कार्यक्रममा हिमालय क्षेत्रको वातावरणीय परिवर्तन’ सम्बन्धी अध्ययन गरेका आठ अमेरिकन तथा आठ नेपाली विद्यार्थीलाई सम्मान गरिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा