सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १८ काठमाडौं – व्यवस्थापिका-संसदको बैठक बिहीबार पनि स्थगित भएको छ । चितवनको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले बिहीबार दोस्रो दिन पनि सदन अवरोध गरेको हो ।
बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुख ओनसरी घर्तीले विपक्षीले अवरोध गरेको अवस्थामा संसद्को कामकारवाही अघि बढ्न नसक्ने भन्दै बैठक आगामी जेठ २१ गते आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गर्नुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा