सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ बैशाख । एसीसी प्रिमियर कपमा नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ ।
अलअमरेत क्रिकेट ग्राउन्ड १ मा टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रनमा जोडेको हो ।
नेपालका लागी सन्दिप जोराले सर्वाधिक अर्धशतक बनाएर आउट भए । उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए ।
त्यस्तै, गुलशन झाले २० रन बनाउँदा करण केसी १७ रनमा पेभेलियन फर्के । आशिफ शेख, कप्तान रोहित पौडेल ५, दिपेन्द्रसिंह ऐरी ५ रन, कुशल मल्ल ३ ,सोमपाल कामी २ र कुशल भुर्तेल शून्यमा आउट भएका थिए ।
टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो।
नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा