सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ बैशाख । लगातार तेस्रो जित निकाल्दै नेपाल एक खेल अगावै एसीसी प्रिमियर कप टी–२० क्रिकेटको सेमिफाइन नजिक पुगेको छ।
हङकङलाई हराउन नेपालले बलिङ र ब्याटिङ सबैमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२।२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए ।
नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५।३ ओभरमा ७० रन जोड्दै शानदार सुरुवात दिलाएका थिए । रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहे ।
सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए । त्यसअघि अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७।५ ओभरमा ११४ रनमा अल आउट भएको थियो ।
नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए ।
दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।
प्रतियोगितामा अहिले समूह ‘ए’ कै मलेसिया र कतार खेलिरहेका छन् । त्यस्तै आजै समूह ‘बी’ अन्तर्गत ओमान र यूएई तथा बहराइन र कुवेत खेल्दैछन् । दुवै खेल बेलुका सवा ४ बजे शुरु हुनेछ ।
एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स ९यूएई० छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा