सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ बैशाख । एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमिरात क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भयो । हङकङका यान्शे रथले सबैभन्दा धेरै ३४ रन बनाए । नेपालका अबिनाश बोहराले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ तथा करण केसीले १ विकेट लिए । वर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो ।
हङकङविरुद्ध जित निकाल्न सकेन नेपाल एक खेल अगावै प्रिमियर कपको सेमिफाइनलमा पुग्नेछ। अघिल्ला दुवै खेलमा जित निकालेको नेपाल ४ अंकमा शीर्ष स्थानमा छ। नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्नेछ।
एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स ९यूएई० छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।
प्रतियोगितामा अहिले समूह ‘ए’ कै मलेसिया र कतार खेलिरहेका छन् । त्यस्तै आजै समूह ‘बी’ अन्तर्गत ओमान र यूएई तथा बहराइन र कुवेत खेल्दैछन् । दुवै खेल बेलुका सवा ४ बजे शुरु हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा