सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ बैशाख । ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा हङकङसँगकाे खेलमा नेपालले टस जितेकाे छ ।
ओमानकाे अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस जितेर नेपालका कप्तान राेहितकुमार पाैडेलले बलिङ गर्ने निर्णय गरेका छन् । आजकाे खेल वर्षाका कारण प्रभावित भएपछि १८ ओभरमा झारिएकाे छ ।
दुई खेलमा दुवै खेल जितेको नेपाल समूह ‘ए’ काे अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो स्थानमा छ ।
प्रतियाेगितामा अहिले समूह ‘ए’ कै मलेसिया र कतार खेलिरहेका छन् । त्यस्तै आजै समूह ‘बी’ अन्तर्गत ओमान र यूएई तथा बहराइन र कुवेत खेल्दैछन् । दुवै खेल बेलुका पौने ५ बजे शुरु हुनेछ ।
एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा