सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २३ चैत । नेपाल भारतको रणजी टिम बरोडासँग ३७ पराजित भएको छ।
शुक्रबार गुजरातमा बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अलआउट भयो।
आइसिसी टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपालले यसअघि लगातार तीन खेलमा जित निकालेर फाइनलमा भने पुगिसकेको छ। नेपालले आइतबार गुजरातसँग फाइनल खेल्दैछ।
आजको खेलमा नेपालका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतक प्रहार गरे पनि अरु ब्याटरले राम्रो प्रर्दशन गर्न सकेनन्। सन्दीपले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५६ रन जोडे।
ओपनर कुशल भुर्तेल १६ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर अनिल साहले १ रन मात्र जोड्न सके।
गुल्सन झा २ रनमा पेभिलियन फर्कदा विवेक यादवले १७ रन बनाए। करण केसी ० र प्रतिश जिसी ६ रन जोडेर आउट भए।
कुशल मल्ल पनि १९औं ओभरमा ३ रन बनाउदै पेभेलिएन फर्के ।
बलिङमा बरोडाका ध्रुव पटेलले ४ विकेट र लक्षित तोक्सियाले ३ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको बरोडाले ८ विकेटको क्षतिमा १५६ रन जोड्यो।
उसका लागि शास्वत रावतले ३१ रन, ध्रुव पटेलले २९ रन, अमित पासीले २६ रन जोडे।
बलिङमा नेपालका करण केसी र गुल्सन झाले २÷२ विकेट लिए। आकास चन्द, ललित राजवंशी र प्रतिश जिसीले १÷१ विकेट लिए।
आजै नेपालको ‘ए’ राष्ट्रिय क्रिकेट टिमले आयरल्यान्ड वुल्भ्सविरूद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा पनि पराजित भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा