सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन , जेठ ३। निःसन्तानपन र त्यसका कारण परिवार र समाजमा हुने घरेलु हिंसाबारे सचेतना फैलाउन चितवनमा ¥याली निकालिएको छ । बुधबार अन्तर्राष्ट्रिय परिवार दिवसको सन्दर्भमा शिशु फर्टिलिटी क्लिनिक, भरतपुर नगरपालिका र जेसीआई नारायणगढले संयुक्तरुपमा सचेतनामूलक ¥याली निकालेका हुन् ।
निःसन्तानपनका कारण समाजमा हुने घरेलु हिंसाको अन्त्य गर्न, निःसन्तानपन यात्रामा परिवारको सहयोगको महत्व तथा
निःसन्तानपनको समाधानका उपायहरुका विषयमा सर्वसाधारणमा सचेतना फैलाउन ¥यालीको आयोजना गरिएको शिशु फर्लिलिटीकी सिइओ सविना बजगाईंले जानकारी दिइन् ।
उनका अनुसार नेपालमा निःसन्तानपन एक बढ्दो चुनौतीको रुपमा देखिएको छ भने निःसन्तानपन भएका जोडीहरुलाई समाजले नकारात्मक दृष्टिकोणले हेर्दा अनेक समस्याहरु निम्तिएका छन् । जसकारण ती जोडीहरुको जीवनमा सामाजिक सम्मान र समर्थनको अभाव छ । ‘यो असम्बद्धता र विभेदले उनीहरूलाई मानसिक र आत्मिक रूपमा पराजित गराउँछ ।
निःसन्तानपन नेपालमा दुब्र्यबहार र घरेलु हिंसाको कारण पनि बन्दै आएको छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा परिवारको साथ नपाउँदा, जीवन अधिक कठिन बन्छ । परिवारले बुझेर साथ दिएपछि पनि निकै मानसिक र भावनात्मक चुनौतीहरू कम हुन्छन् ।’
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा