सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुगु , जेठ ३। जुम्लाको कनका सुन्दरी गाउँपालिका–२ जियाखोला नजिक भएको मिनी ट्रक दुर्घटनामा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिव साढे सात बजेतिर भएको उक्त दुर्घटनामा कर्णाली प्रदेश ०२००१ ख ०२८७ नम्बरको मिनी ट्रक चालक र सहचालक दुवै जना घाइते भएका हुन् ।
गाडी चालक सुर्खेतका २७ बर्षीय लक्ष्मीप्रसाद जैसीको अवस्था सामान्य छ । सह चालक सुर्खेत अलाचौर बस्ने १७ बर्षीय बिष्णु अधिकारीको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी प्रहरी निरीक्षक उमेश बहादुर चन्दले जानकारी दिए ।
चन्दका अनुसार बिहान मिनी ट्रक सुर्खेतदेखि खाद्यन्न बोकेर मुगुतर्फ जाने क्रममा अनियन्त्रित भइ नाम्म गमगढी सडक खण्ड अन्तरगत जुम्लाको कनका सुन्दरी गाउँपालिका–२ जियाखोला नजिकै सडकबाट तीन सय मिटर तल खसेको हो ।
घाइतहरुको जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा