सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ जेठ । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनले आफ्नो अन्तिम खेल जुन ६ मा कुवेतसँग खेल्ने बताए । क्षेत्रीले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा भिडियोमार्फत उक्त जानकारी दिएका हुन् ।
बीसीसीआईको प्रतिक्रिया
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुनिल क्षेत्रीको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णयबारे ट्वीट गरेको छ । “तपाईको करियर असाधारण भन्दा कम छैन र तपाइँ भारतीय फुटबल र भारतीय खेलकुदका लागि एक अभूतपूर्व आइकन हुनुहुन्छ,” बोर्डले लेख्यो।
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा