सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गायिका एलिना चौहान बिहेको तयारीमा जुटेकी छिन् । उनले, वैशाखको ५ गते प्रेमी विष्णु सापकोटासँग बिहे गर्न लागेकी हुन् । आफू अहिले बिहेको तयारीमा जुटेको एलिनाको भनाई छ । एलिना निम्तो बाँड्ने र बिहेको अन्य तयारीमा लागिरहेकी छिन् ।
एलिना र विष्णुको केही समय अगाडि ब्रेकअपको हल्ला समेत चलेको थियो । तर, एलिनाले भने अहिले विष्णुसँगको सम्बन्धमा दरार नआएको बताएकी छिन् । बाग्लुङ निवासी विष्णु लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।
गत बर्षको तीजमा एलिना अष्ट्रेलिया पुग्दा विष्णुसँग भेट भएको थियो । सोही समयमा उनीहरुबिच प्रेम सम्बन्ध सुरु भएको थियो । एलिना र विष्णुको टिकटक भिडियो पनि खुबै चलेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा